मंगलबार, असार १८ गते २०८२

पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि, पेट्रोलको मूल्य लिटरमै पाँच रुपैयाँ बढ्यो

पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि, पेट्रोलको मूल्य लिटरमै पाँच रुपैयाँ बढ्यो

अखबार दैनिक
मंगलबार, असार १८ २०८२
  • पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि, पेट्रोलको मूल्य लिटरमै पाँच रुपैयाँ बढ्यो

    असार १७ काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । मंगलबार (असार १७) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको निगमले जनाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

    images

    नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले बढाइएको छ ।

    भारतबाट इन्धनको मूल्य बढेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ