सोमबार, असार ३ गते २०८२

सूचना प्रविधिलाई उत्पादनशील क्षेत्रका रुपमा विकास गर्नुपर्छः सांसद कार्की

सूचना प्रविधिलाई उत्पादनशील क्षेत्रका रुपमा विकास गर्नुपर्छः सांसद कार्की

अखबार दैनिक
सोमबार, असार ३ २०८२
  • सूचना प्रविधिलाई उत्पादनशील क्षेत्रका रुपमा विकास गर्नुपर्छः सांसद कार्की

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुरकार्कीले सूचना प्रविधिलाई उत्पादनशील क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा आव २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा भाग लिँदै उहाँले बेरोजगारीको अन्त्य र विकाससँगै समृद्धिको ढोका खोल्नका निम्ति आइटीको विकास गर्न जरुरी रहेको बताउनुभयो ।

    images

    उहाँले भन्नुभयो, “नेपालमा झण्डै ७० प्रतिशत जनसङ्ख्या आज मोबाइल र इन्टरन्ेटको पहुँचमा छन् । लाखौँ युवा बेरोजगार छन् । छिमेकी देशहरुले आइटी सेवाको निर्यातबाट वर्षको अर्बौ डलर आम्दानी गरिरहेका छन् । त्यसैले यो क्षेत्रलाई घोषणाको विषय मात्र होइन यस क्षेत्रलाई विकास गरेर लानुपर्नेछ ।”

    सांसद कार्कीले बजेटमा समर्थन जनाउँदै यो बजेटले मुलुकको वर्तमान आर्थिक यथार्थता, जनअपेक्षा र दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको बताउनुभयो ।

    “यो बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त छन्”, उहाँले भन्नुभयो, “बजेटले उच्च, दिगो, फराकिलो आर्थिक वृद्धि दर हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता विकास र सावर्जनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने विषय प्राथमिकतामा राखेको छ ।”

    सांसद कार्कीले अहिलेको बजेट कार्यान्वयन प्रतिफलमूखी बनाउन विनियोजन क्षमता, कार्यान्वयन क्षमता र जवाफदेहिता तथा नीगित हस्तक्षेपका निम्ति अर्थमन्त्रीले मूल्याङ्कन गरे अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

    उहाँले जबसम्म बजेटमा गरिएका प्रतिबद्धता कार्यान्वयन गरेर देखाउन सकिँदैन तबसम्म मुलुक र बजेटले हासिल गर्ने भनिएको लक्ष्य प्राप्त गर्ने कठिनाइ हुने उल्लेख गर्नुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ