५ साउन, काठमाडौं । बैंकिङ कसुरमा पाँच वर्ष कैद र एक करोड ३० लाख जरिवाना तोकिएका सिद्धार्थ डेभ्लपमेन्ट बैंकका तत्लकालीन सञ्चालक मधुसुदन सिलवाल पक्राउ परेका छन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आइतबार बेलुका भक्तपुरको ठिमीबाट पक्राउ गरेको सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले जानकारी गराएका हुन ।
उनका अनुसार २०६७ मा बैंकिङ कसुर गरेर उच्च अदालत पाटनले उनलाई सजाय सुनाएको थियो ।
भक्तपुरको बालकोट बस्ने सिलवाल त्यसयता फरार भएका थिए ।