आइतबार, जेठ २७ गते २०८२

काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै

काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै

अखबार दैनिक
आइतबार, जेठ २७ २०८२
  • काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै

    काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले निजी कलेजहरूलाई विभिन्न विषयमा सम्बन्धन दिने भएको छ । त्यसका लागि रजिष्ट्रारको कार्यालयले सम्बन्धनका लागि आशय पत्र पेस गर्न सूचना जारी गरेको छ । गुणस्तरीय उच्च शिक्षामा विद्यार्थीहरूको पहुँच विस्तार गर्न विश्वविद्यालय अन्तर्गतका स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ म्यानेजमेन्ट र मेडिकल साइन्सेज अन्तर्गतका केही विषयहरूमा सम्बन्धन दिन लागेको हो । 

    images

    असार १० गतेभित्र इच्छुक कलेजहरूले आवश्यक कागजात पेस गर्न भनेको हो । इन्भाइरोमेन्टल स्टडी, सोसियल वर्क, बी टेक एड आइटी, हेल्थ इन्फरमेटिक्स, इन्फरमेसन टेक्नोलोजी र हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रमको लागि निजी कलेजहरूलाई सम्बन्धन दिन लागेको हो ।

    त्यसका लागि बाग्मती प्रदेश, सबै प्रदेश तथा बागमती प्रदेश बाहेक र काठमाडौँ विश्वविद्यालयबाट मान्यता प्राप्त मेडिकल कलेजहरूले आवेदन दिन पाउनेछन् । 

    सम्बन्धन लिनका लागी कलेज सञ्जालनको अनुमति पत्र, कलेजको शैक्षिक विवरण, आर्थिक विवरण, भौतिक विवरण, कलेजको कानुनी विवरण, प्राज्ञिक एवम् प्रशासनिक जनशक्तिको विवरण लगायतका विवरण पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । सम्बन्धन लिनका लागि ५० हजार रूपैयाँ धरौटी तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ