आइतबार, जेठ २७ गते २०८२

तुलसीपुरको बखरिया दुर्घटना अपडेट : दुई जनाको मृत्यु

तुलसीपुरको बखरिया दुर्घटना अपडेट : दुई जनाको मृत्यु

अखबार दैनिक
आइतबार, जेठ २७ २०८२
  • तुलसीपुरको बखरिया दुर्घटना अपडेट : दुई जनाको मृत्यु

    दाङ । तुलसीपुरको बखरियामा भएको बस दुर्घटना दुई जनाको मृत्यु भएको छ । दंगीशरण २ की अन्दाजी ४२ वर्षीया शान्ता खड्का चौधरी र वडा नम्बर ४ का ६० वर्षीय नारायण भण्डारीको उपचारका क्रममा मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले पुष्टि गरेको छ ।

    images

    दंगीशरणको गोल्टाकुरीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको यात्रुवाहक बस आज बिहान पौने ११ बजे बखरिया ओरालोमा पल्टिएर दुर्घटना भएको थियो । अन्य घाइतेहरूको उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ