आइतबार, जेठ २७ गते २०८२

चौथो दिनमा फेला पर्‍यो सशस्त्रका गोताखोर साउदको शव

चौथो दिनमा फेला पर्‍यो सशस्त्रका गोताखोर साउदको शव

अखबार दैनिक
आइतबार, जेठ २७ २०८२
  • चौथो दिनमा फेला पर्‍यो सशस्त्रका गोताखोर साउदको शव

    सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव फेला परेको छ। आज (आइतबार) बिहान कोशी ब्यारेजको ५५ नम्‍बर ढोका नजिकैबाट बेपत्ता सुरजको शव फेला परेको हो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार उनी बेपत्ता भएको चौथो दिनमा शव फेला परेको हो।

    images

    उनीसँगै बेपत्ता भएका हरदेव राजवंशीको शव शुक्रबार फेला परेको थियो। बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका(१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारी स्वरुप प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यास क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ