काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको एक समूहको आयोजनामा निकालिएको बृहत मोटरसाइकल र्यालीमा ट्राफिक नियमको उल्लंघन भएको पाइएको छ ।
पुरानो बानेश्वरदेखि सानेपास्थित कांग्रेस पार्टी कार्यालयसम्म निकालिएको सो र्यालीमा सहभागी केही नेता तथा कार्यकर्ताहरूले हेल्मेट नलगाई मोटरसाइकल कुदाएका थिए ।तरुण दलले हालको तदर्थ समितिको म्याद नथप्न आग्रह गर्दै महाधिवेशनको मागसहित र्याली आयोजना गरेको थियो ।
नेपाल फोटो लाइब्रेरी