भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाले वृक्षरोपण गर्नुका साथै हरियाली प्रवद्र्धन कार्यक्रम शुभारम्भ गरेको छ । नगरपालिकाको वातावरण शाखाको आयोजनामा वडा नंं १ लोहकिल्थलीस्थित विपि बाल उद्यानमा वृक्षरोपण गरी हरियाली प्रवद्र्धन कार्यक्रमको शुभारम्भ गरेको हो ।
सो क्रममा उद्यानको सौन्दर्यकरण हुने गरी विभिन्न प्रजापतिका १८१ बिरुवा रोपिएको वातावरण शाखा प्रमुख गणेशदेवी प्रजापतिले जानकारी दिनुभयो । शाखाका सहायक कृष्णा श्रेष्ठका अनुसार कपुर २०, बेगन बेली ठूलो दुई, हेबिसकस ३०, असारे फुल २०, ज्याकोरोदा गोल्डमोहर २०, बेगन बेली सानो ३८, धुपी २०, पारिजात चार, गुलाब २६ र क्रिसमस ट्री एउटा रोपिएको हो ।
वृक्षरोपण शुभारम्भ गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरको सौन्दर्यकरणका लागि पनि नगरपालिकाले वृक्षरोपणलाई प्राथमिकता दिँदैं आइरहेको बताउनुभयो । उहाँले नगरका खुल्ला क्षेत्रको संरक्षणका लागि बस्ती नजिक पार्क र उद्यानको रुपमा नगरवासीलाई टहल्ने तथा बालबालिका खेल्ने ठाउँको विकास गरिने जनाउँदैं बस्तीदेखि टाढाको खुल्ला क्षेत्रमा हरियाली प्रवद्र्धनअन्तर्गत ठूलो हुने प्रजातिको बिरुवा रोप्ने योजना रहेको बताउनुभयो । रासस