दाङमा सामान्य विवादमा कुटपिट हुँदा १४ वर्षीय किशोरको मृत्यु भएको छ । आफ्नै साथीको कुटपिटबाट घाइते भएका रुकुमको बाफिकोट घर भई तुलसीपुर ८ दुधेना बस्ने १४ वर्षीय किशोर विशाल गिरीको उपचारको क्रममा मृत्यु भएको हो ।
नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा गिरीको गएराति मृत्यु भएको इप्रका तुलसीपुरका प्रहरी निरीक्षक विनोद खत्रीले जानकारी दिएको छ ।
गिरीलाई जेठ १९ गते बेलुकी तुलसीपुर ९ बेलुवामा उनकै साथी १५ वर्षीय यज्ञ वलीले कुटपिट गरेका थिए । कुटपिटबाट उनको टाउकोमा चोट लागेको थियो । कुटपिटमा संलग्न वलीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।