धार्मिकस्थल देवघाटधामबाट कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्म पुग्नेगरी ऐतिहासिक कालीगण्डकी पदयात्रा गरिने भएको छ । देवघाटस्थित महेश सन्यास आश्रमको संयोजनमा यही जेठ २२ गतेखि शालिग्राम करिडोरको ४३१ किलोमिटर दूरीको पदयात्रा गरिने भएको हो ।
जनस्तरमा गण्डकीको महत्व र सम्भावनालाई प्रचार–प्रसार गरेर कालीगण्डकी, तिनका किनारमा अवस्थित सिद्ध तीर्थस्थल र समग्र कालीगण्डकी सभ्यताको संरक्षण तथा संवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले नेपाल तथा भारतका मुख्य पीठ र आश्रमका साधुसन्त एवम् धार्मिक अभियन्ताको अगुवाइमा पदयात्रा आयोजना गरिएको महेश संस्कृत गुरुकुलका प्राचार्य एवं पदयात्राका संयोजक फणीन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
दुई सय २० मिटर सामुद्रिक सतहदेखि चार हजार ९९० मिटरसम्मको उचाइको यात्रा २२ देखि २५ दिन समय लगाएर गरिनेछ । कालीगण्डकीको महत्व र उपयोगिताको प्रचार–प्रसार शालग्राम र गण्डकीतीर्थहरूको दर्शन पूजन, कालीगण्डकी सभ्यताको संरक्षण, धार्मिक एवं प्राकृतिक पर्यटनको प्रवद्र्धन, आध्यात्मिक साधनाको निरन्तरता दिने उद्देश्यले पदयात्रा गर्न लागिएको संयोजक पौडेलले बताउनुभयो । रासस