बिहीबार , जेठ २४ गते २०८२

यातायातमन्त्री भन्छन्– गए राति नै सहमति भएको हो, अझै बन्द गरेर ठिक गरेनन्

यातायातमन्त्री भन्छन्– गए राति नै सहमति भएको हो, अझै बन्द गरेर ठिक गरेनन्

सार्वजनिक यातायात बन्दको दोस्रो दिन फाट्टफुट्ट चले भाडाका गाडी

अखबार दैनिक
मंगलबार, जेठ २२ २०८२
  • यातायातमन्त्री भन्छन्– गए राति नै सहमति भएको हो, अझै बन्द गरेर ठिक गरेनन्

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात ठप्प पारिएकोप्रति आपत्ति जनाएका छन् । मंगलबार पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले गए राति सरकार र यातायात व्यवसायीबीच आजदेखि गाडी सञ्चालन गर्ने सहमति भए पनि अझै सञ्चालन नभएकोप्रति आपत्ति जनाए ।

    images

    ‘अहिले यातायात व्यवसायीले त्यो ढंगले सम्झौता गरेर गण्डकी प्रदेशलाई अनुराधे गर्ने र उहाँहरूले अहिलेका लागि आन्दोलन स्थगित गर्ने, पछि संघीय कानुनबाट व्यवस्थित गरिसकेपछि अघि बढ्ने समझदारी भएको हो । यातायात बन्दै गर्ने सन्दर्भको कुराहरू गलत छ, ठिक छैन,’ उनले भने ।

    मन्त्री दाहालले केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबाट राइड सेयरिङलाई पनि राज्यको दायराभित्र ल्याउने उनको भनाइ छ ।

    ‘राइड सेयरिङको कुरा छ । यसलाई कसरी अघि बढाउने, काम त भइरहेको नै छ । काम भइरहेको छ, जनताले सुविधा पनि पाइरहेका छन् । तर, त्यसलाई नियमन त गर्नुपर्छ नि । राज्यको दायरामा त ल्याउनुपर्‍यो नि,’ उनले भने । न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ