काठमाडौं । यातायात व्यवसायीहरूको विरोधका कारण आज देशका धेरैजसो सहरमा सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प भएको छ।
अन्य दिनको तुलनामा अत्यन्तै कम सवारीसाधन चलेका छन् र मुख्य सडकहरू समेत प्रायः सुनसान देखिएका छन्। तस्बिरहरूमा देखिएझैँ, प्रायः जाम रहने काठमाडौंका व्यस्त सडकहरू आज खाली छन् ।