काठमाडौं । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पोखरामा अलपत्र परेका यात्रुलाई स्कर्टिङ मार्फत् गन्तव्यसम्म पुर्याउन सहयोग जारी राखेको छ । सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले १६ जेठदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द आह्वान गरेको छ । जसका कारण धेरै यात्रुहरू पोखरामा अलपत्र परेका छन् ।
अलपत्र परेका यात्रुलाई आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्याउन लागिएको सशस्त्र प्रहरी सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सिमाना कोत्रेसम्म स्कटिङ गर्ने छ भने त्यहाँबाट मनकामना गण तनहुँले स्थानीय नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म ल्याउने थापाले बताए ।
गण्डकी प्रदेश र बागमती प्रदेशको सीमानामासम्म स्कर्टिङ गरी यात्रुलाई सुरक्षित रुपमा उनीहरूको गन्तव्य स्थानसम्म पुर्या इने छ । २५ वटा बस चितवन र काठमाडौंका लागि छुटेका हुन् ।