शनिबार, असोज १७ गते २०८३

भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गर्‍याे: प्रधानमन्त्री ओली

भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गर्‍याे: प्रधानमन्त्री ओली

अखबार दैनिक
मंगलबार, असार ३० २०७७
  • भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गर्‍याे: प्रधानमन्त्री ओली
    ३० असार, काठमाण्डौं । प्रधानमन्त्री केपीशर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका छन्।

    सोमवार भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वास्तविक तथ्यमाथि भारतले अतिक्रमण गरेको जनाए।

    भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पार्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताए।

     

    प्रधानमन्त्री केपीशर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका छन्।

    भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वास्तविक तथ्यमाथि भारतले अतिक्रमण गरेको जनाए।

    भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पार्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताए।

     

    'हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं। तथ्यहरूमा अतिक्रमण भएको छ। हामी अहिले सीता भारतका राजकुमार रामलाई दियौं भनेर ठानिरहेका छौं। भारत हैन अध्योध्याकालाई दिएका हौं। अयोध्या भनेको वीरगन्ज भन्दा अलि पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन,' उनले भने।

    प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही हो भने त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न गरे। उनले भने ‘सन्तान पनि भारतका हुँदै होइनन्, ठाउँ पनि भारतको होइन, तर त्यो इतिहास अहिले वहसगरी साध्य छैन।'

    प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञानको सुरुआत र विकास नेपालमा भएको भएपनि त्यो श्रृङ्खलाले निरन्तरता पाउन नसकेको बताए।

    साभार: सेतोपाटि 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ