सोमबार, जेठ ७ गते २०८२

यस्तो छ आजको राशिफल

यस्तो छ आजको राशिफल

अखबार दैनिक
सोमबार, जेठ ७ २०८२
  • यस्तो छ आजको राशिफल

    मेष
    शरीरमा स्फूर्ति र मनमा उत्साह जगाउने ग्रहयोग छ । लामो समयदेखि रोकिएको काम समेत सम्पादन हुनेछ । शिक्षा एवं व्यापारिक क्षेत्र लाभप्रद रहने छ । लगनशीलताले कार्यक्षेत्रमा कार्य अगाडि बढ्नेछ् । रमाइलो वातावरणमा खानपिनको अवसर जुट्नेछ ।

    images

    वृष
    भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आफ्नो मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ ।

    मिथुन
    अधैर्य मनस्थितिले आफ्नै अडानमा टिक्न समस्या पर्नेछ । स्वास्थ्यका लागि आराम र खानपानमा ध्यान दिनुपर्ने समय छ । कार्यक्षेत्रमा अरुले भनेगरेका कुरामा चित्त नबुझ्न सक्नेछ, संयमता अपनाउनु राम्रो पक्ष हुनेछ । भरिसक्के नयाँ कामहरु शुरु नगर्नु उचित हुनेछ ।

    कर्कट
    मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । घरपरिवार आफन्तबाट सहयोग र हौसला प्राप्त हुनेछ । शैक्षिक क्षेत्र एवं बन्दव्यापारमा पनि राम्रै देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

    सिंह
    आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्नेछ । अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । दीर्घकालिक क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ । कृषिकर्म र बन्दव्यापारबाट रामै आम्दानी हुनेछ ।

    कन्या
    खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेम सम्बन्धमा विश्वास र समझदारी प्रगाढ बन्नेछ । पढाइ तथा प्रतिस्पर्धात्मक क्षेत्रहरूमा सफलता प्राप्त हुनेछ ।

    तुला
    पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । अध्ययन तथा वैतनिक क्षेत्र पनि त्यति सहज छैन । निर्णयमा स्थिरता र धैर्य अपनाउनु आवश्यक हुनेछ । कृषि, भूमिसम्बन्धी तथा नगदे व्यवसायहरूमा लाभ हुने देखिन्छ ।

    बृश्चिक
    जोशजाँगर र हिम्मत बढ्नेछ । साथिभाई आफन्तको सहयोग मिल्नेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । बौद्धिक तथा सिर्जनात्मक गतिविधिमा सक्रियता बढ्नेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त मिल्नेछ ।

    धनु
    साथीभाइ, इष्टमित्र वा घरपरिवार भित्रै तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । शैक्षिक एवं व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । नयाँ योजना तथा व्यवसाय शुरु गर्न समय अनुकूल देखिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनाले मन दङ्ग रहने छ ।

    मकर
    समाजमा प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ । व्यापारव्यवसाय बढ्नेछ । चिताएको काम बन्नेछ । उठ्नुपर्ने रकम पनि हातलागी हुने समय छ । घर घडेरी, गाडी, फर्निचर आदिका समानहरुको कारोबारबाट प्रसस्त फाइदा हुने देखिन्छ ।

    कुम्भ
    आज नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा भने विजयी भइनेछ ।

    मीन
    आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार