मेष
प्रेम, रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने छ । शैक्षिक एवं व्यावसायिक यात्रा तथा भ्रमणको योग रहेको छ । व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो पक्ष हुन आउने छ ।
वृष
नयाँ कामको प्रस्ताव आउनेछ । ईष्र्या गर्नेहरूले दुःख दिए पनि हिम्मत गर्दा काम बनाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् ।
मिथुन
विलासिता र रमणीयता तर्फ मन आकर्षित हुनेछ । भोगविलास र राम–रमाइलोमा खर्चबृद्धि हुनसक्नेछ । विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
कर्कट
राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ । चोटपटकको योग भएकाले अलिक सावधानी अप्नाउनुुहोला । केही रकम अरूका लागि खर्चनुपरे पनि नियमित आम्दानी भईरहने छ ।
सिंह
आज पुरुषार्थमा बृद्धि हुने, प्रसंशा मिल्ने र विशेष सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता र प्रगति एवम् उन्नति हुनेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्ने योग छ ।
कन्या
बोलीको माध्यमले काम बन्नेछ । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्ने सम्भावना छ । अधिक कर्जाले जोखिम निम्त्याउन सक्छ । विद्यार्थीहरूको बौद्धिक क्षमताको विकास हुने समय छ ।
तुला
आज कुनै न कुनै कुराले मनमा शान्ति, उत्साहका साथै बोली बिक्ने समय छ । पारिवारिक सद्भाव मिल्ने छ । अध्ययन तथा वैतनिक मार्ग फलदायी देखिन्छ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।
बृश्चिक
आज गन्तव्य चुम्न संघर्ष देखिएको छ । अनायासै सहकर्मी तथा संसर्गीसँग मनमुटाव हुन सक्नेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । नियमित खर्च पनि बढ्ने योग छ, सचेत रहनु होला ।
धनु
सोखले खर्च बढाए पनि मनपर्ने भौतिक सवारी, साधन आदि जोड्ने समय छ । प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्न सक्नेछ । मानसम्मान र ख्याति प्राप्तिको योग छ । रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
मकर
विगतका समस्या समाधान हुनेछन् । कुरा काट्नेहरुको मुख बन्द हुनेछ । आफू भन्दा ठूलाको साथ सहयोग पाईनेछ । विभिन्न अवसरले पछ्याउने छन् भने दिगो काममा जग बसाउने मौका छ ।
कुम्भ
हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ । टाढाको यात्रा फलदायी रहने योग छ । व्यापार व्यवसाय फस्टाउने छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । भाग्य अनुकूल रहनाले गरिरहेका कार्यमा स्तरोन्नति हुनेछ ।
मीन
स्वास्थ्यमा एक्कासी समस्या आउने तथा चोटपटक लाग्न सक्नेछ । चोरीको आरोप पनि लाग्न सक्नेछ । विशेष होशियारी अप्नाउनु होला । भरिसक्के नयाँ कार्यको सुरुवात नगरेकै राम्रो हुने छ ।