बिहीबार , असोज ३ गते २०८१

दुई अध्यक्षबीच सहमति भएन, ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने

दुई अध्यक्षबीच सहमति भएन, ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने

अखबार दैनिक
बिहीबार , असार २५ २०७७
  • दुई अध्यक्षबीच सहमति भएन, ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने

    २५ असार, काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल  पार्टीको विवाद हल गर्ने विषयमा  भएको सम्वादमा कुनै सहमति हुन नसकेको नेताहरूले बताएका छन् ।

    images

    बुधवार बालुवाटरको भेंटमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने, अरु विषयमा थप छलफल गर्न सकिने पुरानै अडान राखेका छन् । ‘प्रचण्डले जेठ २ को सहमति (आलोपालो प्रधानमन्त्री र अध्यक्ष)मा जोड दिनु भएको छ  तर प्रधानमन्त्रीले महाधिवेशनपछि अध्यक्ष हुनु होला, अर्को चुनावपछि प्रधानमन्त्री हुनु होला भन्नुभयाे, स्रोत भन्यो ।

    मंसिर ४ मा भएको सहमतिअनुसार पार्टीमा प्रचण्डको कार्यकारी भूमिका प्रष्ट पारेर अगाडि बढ्न सकिने उनको जोड छ ।

    नभए पार्टीको बहुमतले आफूलाई कारबाही गर्न चुनौती दिएका छन् । प्रधानमन्त्रीले ‘पार्टी बैठक राखेर कारबाही गर्नुस्, त्यसपछि मैले के गर्छु भन्ने देखिहाल्नु हुन्छ नि’ सम्म भन्नु भएको छ, स्रोतले भन्यो ।

    दुई नेता भोलि फेरि बैठक बस्ने-नबस्ने समेत तय नगरी उठेका छन् । पछिल्ला केही भेटमा ठोस सहमति नभएपनि दुरी बढ्ने गरी सम्वाद नभएको उल्लेख गर्दै नेकपा स्रोतले भन्यो, ‘आजको छलफल त्यसो हुन सकेन ।’

    दुई नेताबीच सहमतिको प्रयास जारी रहेका कारण १० गतेबाट सुरू भएको  नेकपाको स्थायी कमिटी बैठक भने सर्दै आएको छ । पछिल्लो पटक बुधबारका लागि बोलाइएको बैठक पर्सिसम्मका लागि स्थगित भएको छ । तर पर्सिसम्म पनि सहमति जुट्ने सम्भावना कम छ ।

    स्रोतका अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको समर्थनमा सडकमा भइरहेको प्रदर्शन रोक्नुपर्ने बताएका थिए तर ओलीले आफ्ना नेतालाई कारबाही गर्न लागेपछि युवा र विद्यार्थीहरूले प्रदर्शन गरेको भन्दै रोक्नु नपर्ने बताएका छन् । समस्या सामाधानको साटो ओलिले बहुमतले आफूलाई कारबाही गर्न चुनौती दिएका छन् । प्रधानमन्त्रीले ‘पार्टी बैठक राखेर कारबाही गर्नुस्, त्यसपछि मैले के गर्छु भन्ने देखिहाल्नु हुन्छ नि’ सम्म भन्नु भएको छ, स्रोतले भन्यो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ