काठमाडाैं २१ हेटौँडा । हेटौँडा–ललितपुर कान्तिलोकपथ आइतबार दिउँसोदेखि सुचारु भएको छ । आइतबार बिहान कान्ति लोकपथ अन्तर्गत मकवानपुर र ललितपुरको सीमाना बागमती खोलामा बनाइएको डाइभर्सन वर्षाले बगाएपछि सडक अवरुद्ध भएको थियो ।
उक्त सडक मर्मत गरी दिउँसो १२ बजेर ४५ मिनेटको समयमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । कान्तिलोकपथमा मर्मतको कार्य पनि भइरहेको छ । मर्मत कार्यकै लागि भनेर कान्तिलोकपथमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गर्ने गरिएको छ ।