शुक्रबार, वैशाख २७ गते २०८२

बिहेका लागि जन्तीसहित निस्कने तयारीमा थिए बेहुला, फिल्मी शैलीमा प्रेमिकाले गरिन् अपहरण

बिहेका लागि जन्तीसहित निस्कने तयारीमा थिए बेहुला, फिल्मी शैलीमा प्रेमिकाले गरिन् अपहरण

अखबार दैनिक
शुक्रबार, वैशाख २० २०८२
  • बिहेका लागि जन्तीसहित निस्कने तयारीमा थिए बेहुला, फिल्मी शैलीमा प्रेमिकाले गरिन् अपहरण

    बिहेका लागि जन्तीसहित निस्कने तयारीमा रहेका दुलाहालाई एक युवतीले फिल्मी शैलीमा घरबाटै अपहरण गरेर लगेकी छन् ।

    images

    भारतको मध्य प्रदेश राज्यको दतिया जिल्लाकी काजल नाम गरेकी युवतीले झाँसीको रक्सा थाना क्षेत्रबाट बेहुलालाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा गएकी हुन् । काजलले आफू बेहुलाको प्रेमिका रहेको दाबी गरिन् । आफूलाई छाडेर अर्कैसँग विवाह गर्न लागेको भन्दै उनले कुनै पनि हालतमा अरुसँग बिहे गर्न नदिने अडान लिइन् ।

    प्रहरी चौकीमा दुई पक्षबिच छलफल भएको र यस क्रममा बेहुला र उनकी प्रेमिका भनिएकी काजलबिच विवाह गराउन सहमति जुटेको बताइएको छ । छलफलका क्रममा काजलले आफूहरू १० वर्षदेखि प्रेममा रहँदै आएको खुलासासमेत गरिन् ।

    छलफलमा सहमति जुटेसँगै काजलले आफ्नै गाउँमा बेहुलालाई लगेर विवाहसमेत गरेकी छन् । बेहुलाले बिहे गर्ने भनिएको युवतीसँग भने बेहुलाकै काकाको छोराको बिहे गराइएको छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ