शुक्रबार, मंसिर ७ गते २०८१

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि नारायणकाजी श्रेष्ठको प्रश्न, आफूलाई बम्हज्ञानी र अरुलाई दास बनाउन चाहने ?

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि नारायणकाजी श्रेष्ठको प्रश्न, आफूलाई बम्हज्ञानी र अरुलाई दास बनाउन चाहने ?

अखबार दैनिक
बुधबार, असार १७ २०७७
  • प्रधानमन्त्रीको अभिव्यक्तिमाथि नारायणकाजी श्रेष्ठको प्रश्न, आफूलाई बम्हज्ञानी र अरुलाई दास बनाउन चाहने ?

    १७ असार, काठमाण्डौं । मंगलबार बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिमाथि  प्रवक्त्ता नारायणकाजी श्रेष्ठले प्रश्न गरेका छन, आफूलाई बम्हज्ञानी र अरुलाई दास बनाउन चाहने ?

    images

    स्थायी कमिटी बैठकमा अधिकांश बोल्ने शीर्षनेताहरुले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाउंदै ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन मागसमेत गरे ।

    प्रवक्त्ता नारायणकाजी श्रेष्ठले पनि भारतले आफ्नो सरकार ढाल्न खोजेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाए । आन्तरिक राजनीति र व्यक्तिगत स्वार्थका लागि कूटनीतिक र परराष्ट्र सम्बन्धमाथि खेलबाड भएको भन्दै उनले आपत्ति जनाए । श्रेष्ठले बैठकमा भने, ‘उहाँलाई त्यस्तो लागेको भए पार्टीमा छलफल गर्नुपथ्र्यो । प्रमाण खोजेर राजदूतलाई बोलाएर सोध्नुपथ्र्यो र देश निकाला गर्नुपर्थ्यो ।’

    तर, नेपालको नयाँ नक्सा छापेका कारण हटाउन खोजेको भन्ने प्रधानमन्त्रीको दाबी गलत भएको उनले बताए । भारतले नेपाली भूमिसमेत समावेश गरेर नोभेम्बर २०१९ मा नयाँ नक्सा जारी गरेपछि नेकपा केन्द्रीय समितिले लिम्पियाधुरासहितका भूभाग समावेश गरेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको उनले स्मरण गरे । तर सरकारले आनाकानी गरेको भन्दै श्रेष्ठले भने, नक्साको कुरा नीति तथा कार्यक्रममा पनि थिएन, हामीले सचिवालय बैठकबाट मुख्यसचिवलाई फोन गरेर थप्न लगाएको होइन ?

    साथै नेपालको नयाँ नक्सा नछापिँदै १७ वैशाखको सचिवालय बैठकमा नेताहरुले राजीनामा माग गरेको स्मरण गर्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण देश र पार्टी दुबैलाई घाटा लागेको बताएका छन ।

    पार्टी एकतालाई कांग्रेसलाई हराउने र सरकारमा जाने अर्थमा मात्र बुझेका कारण पनि समस्या आएको उनले बताए । प्रधानमन्त्री ओलीमा आफूलाई बम्हज्ञानी ठान्ने, फरक मत राख्नेहरुलाई सत्रु मान्ने, अरुलाई दास बनाउन चाहने, उपयोग गर्ने प्रवृत्ति रहेको भन्दै उनले भने, ‘हिजोसम्म म यो सरकार सफल हुनुपर्छ भन्थेँ तर अब यो भन्न नसक्ने ठाउँमा पुगेको छु । हाम्रो पार्टीको सरकार सफल हुनुपर्छ भन्छु ।

    तर, प्रवक्ता श्रेष्ठ बोल्दा प्रधानमन्त्री ओली बैठकमा थिएनन् ।

    भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरु पनि लागेको अभिव्यक्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीमा संकटमा परेका छन् ।

    बैठक पुन: आज ११ बजे बालुवाटरमै बस्दैछ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ