बुधबार, वैशाख ११ गते २०८२

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

अखबार दैनिक
बुधबार, वैशाख ११ २०८२
  • गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

    जिल्लाको विकट लालबन्दी नगरपालिका–१४ निवासी जमुनी बललाई यही वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो । उहाँका परिवारले जनप्रतिनिधिमार्फत नगर अस्पतालमा सम्पर्क गर्नुभयो । अस्पतालबाट तत्काल उहाँको निवासमा एम्बुलेन्स पुग्यो । अपराह्न उहाँले स्वस्थ शिशुलाई जन्म दिनुभयो । अर्को दिन उहाँलाई एम्बुलेन्समा स्वास्थ्यकर्मीका साथ उहाँको निवास पुर्याइयो ।

    images

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चन्दन चौधरीका अनुसार लालबन्दी नगर अस्पतालले गर्भवती र नवप्रसूतालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । हालसम्म यो सेवा १३ जनाले लिएका छन् । मातृ तथा नवजात शिशु मृत्युदर घटाउने उद्देश्यले अस्पतालँगको समन्वयमा नगरपालिकाले यो सेवा सुरु गरेको हो ।

    नगरपालिकाले लालबन्दी नगरपालिकाभित्र जुनसुकै स्थानका गर्भवती महिलाले सुत्केरी हुन अस्पताल जाँदा र अस्पतालबाट घर फर्कँदा निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने जनाएको छ । नगरपालिकाले रु २० लाख १० हजारमा एम्बुलेन्स खरिद गरेर सेवा सुरु गरेको हो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार