सोमबार, वैशाख ९ गते २०८२

शिक्षकहरुको आन्दोलन २०औं दिन पनि जारी

शिक्षकहरुको आन्दोलन २०औं दिन पनि जारी

अखबार दैनिक
सोमबार, वैशाख ९ २०८२
  • शिक्षकहरुको आन्दोलन २०औं दिन पनि जारी

    काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरूले आज (सोमबार) पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा २०औं दिन आज पनि काठमाडौंमा प्रदर्शन भइरहेको हो । उनले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदाझैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेका छन् ।

    images

    शिक्षकहरू गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा विद्यालय शिक्षा ऐन पारित नभएसम्म आन्दोलनरत छन् । उनीहरू नाँचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गर्दै आएका छन् । शिक्षकको आन्दोलनले आज पनि सवारी आवागमनमा बाधा पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ