शनिबार, वैशाख ७ गते २०८२

काभ्रेको रोशीमा आगलागी, २ बालबालिका घाइते

काभ्रेको रोशीमा आगलागी, २ बालबालिका घाइते

अखबार दैनिक
शुक्रबार, वैशाख ६ २०८२
  • काभ्रेको रोशीमा आगलागी, २ बालबालिका घाइते

    रोशी गाउँपालिका-१० पाखाटोलका कुमार रेग्मी मगरको घरमा आगलागी हुँदा दुई जना बालबालिका घाइते भएका छन् । बिहीबार दिउँसो लागेको आगलागी परेर रेग्मीकी ९ वर्षकी छोरी समीक्षा र ६ वर्षका छोरा सक्षम घाइते भएका हुन् । बाबुआमा बारीमा काम गर्दै गर्न गएको बेला आगो बालेर ताप्ने क्रममा घरमा आगलागी भएको थियो ।

    images

    घाइतेहरुलाई तत्कालै उद्दार गरी उपचारको लागि अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । उनीहरुको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ ।

    स्थानीय, इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीको सहयोगमा आगलागी नियन्त्रण लिएर घाइतेहरुको उद्धार गरी अस्पताल पठाइएको हो । आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ