शनिबार, वैशाख ७ गते २०८२

महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर

महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर

अखबार दैनिक
बिहीबार , वैशाख ५ २०८२
  • महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा कवाड संकलन केन्द्रमा डोजर चलाएको छ । नगर प्रहरी बलले बालकुमारी पुल क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो । पटक पटक सूचना दिँदा पनि अँटेर गरेपछि डोजर चलाइएको महानगरले जनाएको छ ।

    images

    महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड संकलन केन्द्र हटाउने भन्दै चालेको ‘डोजर अभियान’ चलाउने निर्णय यसअघि नै गरेको थियो । त्यसका विरुद्ध कवाड व्यवसायीहरुले सडक आन्दोलन समेत गर्दै आइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ