शनिबार, वैशाख ७ गते २०८२

हलगोरु पाल्ने किसानलाई पोखरा महानगरको अनुदान

हलगोरु पाल्ने किसानलाई पोखरा महानगरको अनुदान

अखबार दैनिक
बिहीबार , वैशाख ५ २०८२
  • हलगोरु पाल्ने किसानलाई पोखरा महानगरको अनुदान

    पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु १० हजार अनुदान प्रदान गरेको छ । महानगरपालिका क्षेत्रमा हलगोरु पालिरहेका किसानलाई प्रोत्साहन गर्न अनुदान दिइएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुुभयो । पोखराको भूबनोटका कारण सबै ठाउँमा ट्याक्टर प्रयोग गर्न नसकिने भएकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिइएको उहाँले बताउनुभयो ।

    images

    दौमा अनुदानसम्बन्धी सार्वजनिक सूचना जारी गरिएकामा ५७० जनाले आवेदन गरेका थिए । महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५५० किसानलाई रकम प्रदान गर्न थालेको हो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ