बुधबार, जेठ २ गते २०८२

नवौं भक्तपुर महोत्सवमा दर्शकको घुईचो, डेढ लाखले गरे अवलोकन

नवौं भक्तपुर महोत्सवमा दर्शकको घुईचो, डेढ लाखले गरे अवलोकन

अखबार दैनिक
बुधबार, वैशाख ४ २०८२
  • नवौं भक्तपुर महोत्सवमा दर्शकको घुईचो, डेढ लाखले गरे अवलोकन

    काठमाडौं । नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको स्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुईँचो लागेको छ । महोत्सव सुरु भएको सातौं दिन बिहानसम्म करिब १ लाख ५० हजार जनाले अवलोकन गरेका छन् ।भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा यहीँ गएको चैत २८ गतेदेखि २०८२ बैशाख ७ गतेसम्म महोत्सव संचालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।

    images

    नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१÷०८२ भक्तप७३घढसरमा ११ दिनसम्म संचालन हुनेछ । महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु रहेका छन्, अध्यक्ष महतले भने ।

    490998495_3084196665079904_1546193384472366389_n.jpg

    औद्योगिक उत्पादनको प्रर्दशनी, सुचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री भईरहेका छन् । मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रीका लागि स्टलहरु छन् ।

    महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सव स्थलमा स्थानिय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी आयोजको रहेको छ । महोत्सवमा साना बालबालिकाहरुकोलागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालनमा रहेको संयोजक थापाले पत्रकार सम्मेलनमा भने ।

    490996051_2619075464948656_7297269557948857910_n.jpg

    पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती छ । राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्गय तथा फेशन र्‍याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षणको छ । मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको र महोत्सवमा १ सय ५० स्टल रहने संस्थाका कोषाध्यक्ष प्रीतम मल्लले जानकारी दिए ।

    490994995_1308668716882478_3677999686114333339_n.jpg

    मल्लका अनुसार करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने महोत्सवलाई व्यवस्थित गर्न रु. ५० र रु. ८० प्रवेश शुल्कको व्यबस्था गरिएको छ । यद्यपी विद्यार्थी ५० प्रतिशत र जेष्ठ नागरिकलाई सतप्रतिशत छ७३घढसटको व्यवस्था गरिएको उनले बताए । साथै बैशाख १३ गते सोही स्थानमा चर्चित गायक गायिकाहरुको प्रस्तुति रहने भक्तपुर सांगीतिक साँझ–२०८२ को समेत आयोजना हुदैंछ ।

    491264966_644555044877318_246873028312180000_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ