काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा.खड्ग केसीलाई दिएका छन् । प्रधानमन्त्री ओलीले अर्को व्यवस्था नभएसम्मको लागि उपकूलपतिको कार्यभार सम्हालने जिम्मा शिक्षाध्यक्ष प्रा.डा.केसीलाई दिएका हुन् ।
प्रा.डा.केशरजंग बरालले उपकूलपतिबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो । कार्यवाहक उपकूलपतिको जिम्मेवारी पाएका प्रा.डा. केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विज्ञ मानिन्छन् ।