काठमाडौं । तीन तहको सरकार मध्ये स्थानीय तहमा कानुनी साक्षरता अभियानमा जुटेका अधिवत्ता बिष्णु गिरीले कानुनका आधारभूत कुरालाई बुझाएर जनतालाई जानकारी गराउन लागि कानूनी साक्षरता अभियान सञ्चालन गरेको बताए । ग्रामीण क्षेत्रका बासिन्दालाई कुन विषय र मुद्दा, कस्तो कानून सान्दर्भिक छ भन्ने जानकारी गराउदाँ अपराध न्यूनीकरणमा सहयोग पुग्ने अधिवत्ता गिरीको बिश्वास छ । स्थानीय तहमा फौजदारी किसीमका अभियोग र देवानी प्रबृतिका अभियोग जस्तो, विवाह, बहु बिबाह अपहरण, शरीर बन्धन, , छुवाछुत र भेदभाव, चेक अनादर , कुटपीट , सार्वजनिक सम्पति हड्प्ने लगायतको बिषयमा जानकारी दिन कानूनी साक्षरताका माध्यमबाट जनतालाई सचेत गराउन सकिन्छ ।
अधिवक्ता गिरिले यस अघिअनलाइन सञ्जाल, पत्रकारले कोभिड सुरक्षालाई दिएको प्राथमिकता र तत्कालिन ओली सरकारले ल्याएको नागरिकता विधेयक जस्ता सार्वजनिक सरोकारका विषयहरू सर्बोच्चमा मुद्धा हालेर जितेको अनुभव छ । कानूनको अज्ञानता अक्षम्य छ त्यसैले नेपाली र नेपालमा बसोबास गर्ने विदेशी लगायत हरेक नेपालीले नेपालको कानुन र कानुनबारे जान्न जरुरी छ । अधिवक्ता गिरिलेले विभिन्न स्थानीय निकाय, विद्यालय, सामुदायिक संघसंस्था र संस्थामा कानुन सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यमले कानुनसम्बन्धी लेख र अन्तर्वार्ताका माध्यमबाट कानुनी शिक्षाका बारेमा नियमित जानकारी दिइरहेका छन् ।
मेलमिलापकर्ता समेत रहेका अधिवक्ता गिरीले पछिल्लो समय विभिन्न कानुनसँग सम्बन्धित संस्थाले आयोजना गर्ने कार्यक्रममा प्रशिक्षकका रुपमा तालिम दिइरहेका छन् । अधिवक्ता गिरीसँग पत्रकारिता गर्ने अनुभव पनि छ । पत्रकार महासंघमा विभिन्न समुहमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव पनि उहाँसँग छ । अधिवक्ता विष्णु गिरीले कोरिया, जापान, थाइल्याण्ड, कम्बोडिया, बंगलादेश, भारत, चीनलगायत एक दर्जनभन्दा बढी देशको भ्रमण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कानुनसम्बन्धी तालिम लिइसकेका छन् । सकारात्मक मार्गमा लैजान असल नियतले गरिने आलोचनाहरु पनि स्विकार्य हुनुपर्छ भन्ने मान्यता राख्ने अधिवत्ता गिरी भन्छन् मानिसको जीवनकालमा अत्याधिक समस्या, चुनौती र उतारचढाव आइरहन्छन तर समस्यालाई पहिचान गरी सकारात्मक सोचका साथ अगाडी बढ्न सकेमा जस्तो सुकै सफलता पनि हात पार्न सकिन्छ । अधिवक्ता गिरी अझै पनि न्याय क्षेत्रमा शुद्धिकरणको आवश्यकता रहेको बताँउँछन् । न्याय सम्पादनको कामलाई छिटो छरितो तरीकाले सम्पन्न गर्नको लागि सुधार आवश्यक छ । अरुले यसो गर्यो उसो गर्यो, यो गरेन त्यो गरेन भन्नु भन्दा आफूले के गर्ने, कसलाई गर्ने, किन गर्ने र किन नगर्ने भन्ने कुरा मनन गरी केही न केही गनुपर्ने अधिवत्ता गिरीको जोड छ । अधिवक्ता गिरी, कोरिया, जापान थाइल्याण्ड, कम्बोडिया, बङलादेश, भारत र चीन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तालिम समेत लिएका छन् । उनले दर्जनौं सम्मान तथा पुरस्कार समेत प्राप्त गरेका छन् ।