भक्तपुरमा बस पल्टिँदा चार जना घाइते भएका छन्। बिहीबार बिहान ८ बजे सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकासे पुलनजिकै बा ३ ख २४४६ नम्बरको बस पल्टिएको हो।
च्यामासिहबाट काठमाडौंतर्फ आउँदै गरेको बस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए। दुर्घटनामा चार जना सामान्य घाइते भएको उनले बताए।