बुधबार, वैशाख ४ गते २०८२

इसेवाको नाममा भ्रामक एसएमएस,  लिंक क्लिक नगर्न आग्रह

इसेवाको नाममा भ्रामक एसएमएस,  लिंक क्लिक नगर्न आग्रह

अखबार दैनिक
मंगलबार, चैत २६ २०८१
  • इसेवाको नाममा भ्रामक एसएमएस,  लिंक क्लिक नगर्न आग्रह

    काठमाडौँ । डिजिटल वालेट इसेवाको नाममा स्क्यामरले भ्रामक एसएमएस पठाएको पाइएको छ । इसेवाले एक सूचनामार्फत एटी अलर्ट नामक सर्ट कोडबाट इसेवा ग्राहकहरूलाई भ्रमित पार्न एसएमएसहरु पठाइरहेको पाइएको भन्दै सचेत रहन ग्राहकलाई अनुरोध गरेको छ । 

    images

    'यी सन्देशहरू इसेवाबाट पठाइएका होइनन् र यस्ता भ्रामक सन्देशको पछि लागेर कुनै पनि लिंकमा क्लिक नगर्न तथा आफ्नो व्यक्तिगत वा वित्तीय विवरण प्रदान नगर्न अनुरोध गरिन्छ’, इसेवाले मंगलबार एक सार्वजनिक सूचनामार्फत भनेको छ । 

    कम्पनीबाट आउने सम्पूर्ण एसएमएस नोटिफिकेसनहरु इसेवा, इसेवा अलर्ट, ३२१३१ र ३२१२१ मार्फत मात्रै आउने इसेवाले स्पष्ट पारेको छ । यस्तै कम्पनीले ग्राहकरुको ओपीटी, एमपीन र पासवर्ड कहिल्यै नमाग्ने पनि सूचनामा उल्लेख गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ