बुधबार, वैशाख ४ गते २०८२

आज काठमाडौंका तीन स्थानमा प्रदर्शन

आज काठमाडौंका तीन स्थानमा प्रदर्शन

अखबार दैनिक
मंगलबार, चैत २६ २०८१
  • आज काठमाडौंका तीन स्थानमा प्रदर्शन

    आज काठमाडौंका तीन स्थानमा प्रदर्शन हुने भएको छ । मंगलवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका हुन् । राप्रपाले बल्खुमा विरोध कार्यक्रम गर्दा नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा कार्यक्रम गर्ने भएका छन् ।

    images

    यस्तै, सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्नेछन् । सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको जानकारी दिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ