शनिबार, भदौ ८ गते २०८२

पत्रकार सुरेश रजक जलेको घरमा पसेकी एनी कुँवर पक्राउ

पत्रकार सुरेश रजक जलेको घरमा पसेकी एनी कुँवर पक्राउ

अखबार दैनिक
सोमबार, चैत २५ २०८१
  • पत्रकार सुरेश रजक जलेको घरमा पसेकी एनी कुँवर पक्राउ

    काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेस्थित एक घरमा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु हुनुअघि पसेर निस्किएकी एनी कुँवर पक्राउ परेकी छन् ।पत्रकार रजकले भिडियो खिचिरहेको बेला उक्त घरमा छिरेर निस्किएकी कुँवरलाई उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले पक्राउ गरेर हिरासतमा लिएको हो ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले पत्रकार रजक जलेको घरमा पसेकी एनीको भूमिका शंकास्पद देखिएकाले हिरासतमा लिइएको बताएका छन् ।कुँवर तीनकुनेस्थित राजावादीले आगो लगाएको घरमा पत्रकार रजक जल्नुअघि पसेर निस्किएकी थिइन् । उनले बाहिर आएर पनि उक्त आगो लागेको घरबारे विवादित अभिव्यक्ति दिएकी थिइन् ।

    एनी पनि एभिन्युजमा काम गरेकी पत्रकार हुन् । जिसीले अरूको घरमा अनुमति नलिई अनधिकृत रुपमा प्रवेश गरेर शंकास्पद गतिविधि गरेको तथ्यका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए । जिसीले उनी उक्त प्रकरणमा निर्दोष हुन सक्ने अवस्था छानबिनबाट देखिएको पनि बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार