शनिबार, जेठ ५ गते २०८१

काठमाडौंको हेपाहा र राजसि प्रवृत्तिविरुद्ध प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईले जवाफ दिनुपर्ने : कांग्रेस

काठमाडौंको हेपाहा र राजसि प्रवृत्तिविरुद्ध प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईले जवाफ दिनुपर्ने : कांग्रेस

अखबार दैनिक
सोमबार, असार ८ २०७७
  • काठमाडौंको हेपाहा र राजसि प्रवृत्तिविरुद्ध प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईले जवाफ दिनुपर्ने : कांग्रेस

    ८ असार,विराटनगर । काठमाडौं प्रवेश गर्नमा केन्द्र सरकारले गरेको  नौटंकि र बिभेद गरेको भन्दै नेपाली कांग्रेसले सोमबार प्रदेश १ को प्रदेशसभा अवरुद्ध गरेको छ ।

    images

    केन्द्र सरकारले आफ्ना नागरिकलाई गुलाम र गरिविलाई हतोत्साहित गरेर दुःख दिँईरहदा प्रदेश सरकार चुप बसेको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । कांग्रेसको अवरोधपछि सोमबारको प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

    कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले काठमाडौंको हेपाहा र राजसि प्रवृत्तिविरुद्ध प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईले जवाफ दिनुपर्ने बताएका छन ।

    आफ्नै मुलुकका नागरिकलाई उसको बाध्यता र बिवशताको कद्र गर्नुको साटो नाकाकाबाट माथिको उर्दि फर्माईएको छ किन काठमाडौंले ज्यादती गर्दा प्रदेश सरकार रमिते बनेको हो ? कार्कीको आरोप छ । ‘काठमाडौं देशको मुटु भनेर मान्यौं, राजधानी भन्यौं, काठमाडौंबाट सीडीओको पासमा जो पनि आउन पाउँछ,’ कार्कीले भने काठमाडौं जान महाराजाहरुले उतैको पास खोज्ने ? अरू जिल्ला र प्रदेशहरूको कुनै हैसियत नहुने यो ज्यादति कहिलेसम्म ।

    प्रदेश सरकारका सचिवले समेत सीडीओको पास लिएर काठमाडौं जानुपर्ने अवस्था रहेको बताउँदै कार्कीले भने ‘वरियतामा माथि नै होला तर आन्तरिक मामिला मन्त्रालयका सचिवले काठमाडौं जाँदा सीडीओको पास लिनुपर्ने अवस्था छ । स्वास्थ्य सुरक्षा र सतर्कतालाई ध्यान दिदै आम नेपालिहरूको दैनिकिलाई सहज गराउनुको साटो आम नागरिकलाई बिभेदिकरण गर्ने तरिकाले केन्द्र सरकारले संघीयताको खिल्ली उडाइरहेको बेला प्रदेश सरकार मौन बस्न नुहने उनको भनाइ छ ।

    नेता कार्कीले प्रदेश १ सरकारले कोरोना परीक्षणमा भएको खर्च प्रदेशसभालाई जानकारी गराउनुपर्ने माग गरे ।

    प्रदेशको नामाकरण गर्न नसकेको, सांसदले उठाएको प्रश्नको जवाफ नआएको बताउदै उनले मुख्यमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार