काठमाडौं । काठमाडौं–१० बाट निर्वाचित नेपाली कंग्रेसका सांसद राजेन्द्र केसीले राजावादी आन्दोलनमा ज्यान गुमाएका सविन महर्जन र सुरेश रजकलाई सहिद घोषणा गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठककमा सांसद केसीले कुनै वाद नभएका दुवैको ज्यान अनाहकमा गएको बताए ।
“सविन महर्जन र सुरेश रजक कुनै वादी हुनुहुन्थेन, उहाँहरू गणतन्त्रवादी नै हुनुहुन्थ्यो,” केसीले भने, “गृहमन्त्री यहीँ हुनुहुन्छ, निष्पक्ष छानबिनमार्फत न्याय दिन माग गर्दछु ।”
उनले महर्जन आफ्नै निर्वाचन क्षेत्रको व्यक्ति भएको भन्दै उनको पारिवारिक अवस्था दयनीय बनेकाले राहत आवश्यक भएको बताए ।