सोमबार, भदौ ३१ गते २०८१

गण्डकी प्रदेशका थप २० जना कोरोना भाइरस संक्रमित पुष्टि

गण्डकी प्रदेशका थप २० जना कोरोना भाइरस संक्रमित पुष्टि

अखबार दैनिक
सोमबार, असार ८ २०७७
  • गण्डकी प्रदेशका  थप २० जना कोरोना भाइरस संक्रमित पुष्टि

    ८ असार, काठमाडौं । गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्याङ्जामा १२ र नवलपुरमा ८ जना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५ सय ४० पुगेको छ ।

    images

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ६ वर्षका बालक एक जना र सात वर्षका बालक तीन जनासमेत छन् ।

    यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिकामा १४ र १८ वर्षका दुई जना युवामा पनि कोरोना पुष्टि भएको छ ।

    यसैगरी नवलपुरको बौदिकाली गाउँपालिकामा ८ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरु १८ वर्षदेखि ५० वर्ष उमेर समूहका छन् ।

    उनीहरु सबै भारतबाट फर्किएका हुन् । सबै जना सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका र सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ