शनिबार, जेठ ५ गते २०८१

१० अर्ब तल पठाइयो : प्रधानमन्त्री

१० अर्ब तल पठाइयो : प्रधानमन्त्री

अखबार दैनिक
बिहीबार , असार ४ २०७७
  • १० अर्ब  तल पठाइयो : प्रधानमन्त्री

    ४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच नराख्न आग्रह गरेका छन् ।

    images

    कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर उछालिएको भन्दै उनले असन्तुष्टि जनाए ।

    बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘१० अर्ब खोई भनिएको छ । १० अर्ब तल पठाइयो ।

    स्थानीय तहहरुले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको उनले बताए । स्थानीय जनप्रतिनिधिहरुको गुन मान्नुको साटो अपमान गर्न नहुने उनले बताए ।

    खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उनले भने, मान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरता छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार