बिहीबार , असोज ३ गते २०८१

बिजुलीको महशुलमा राहत दिनेगरी नयाँ महशुल निर्धारण न्यूनतम शुल्क ३०

बिजुलीको महशुलमा राहत दिनेगरी नयाँ महशुल निर्धारण न्यूनतम शुल्क ३०

अखबार दैनिक
बुधबार, असार ३ २०७७
  • बिजुलीको महशुलमा राहत दिनेगरी नयाँ महशुल निर्धारण न्यूनतम शुल्क ३०

    ३ असार , काठमाण्डौ । विद्युत निमयन आयोगले बिजुलीको नयाँ शुल्क निर्धारण गरेको छ। विद्युत क्षेत्रको नियमन गर्ने उक्त आयोगले नयाँ दररेट निर्धारण गरेको हो।

    images

    आयोगले औद्योगिक तथा घरायासी प्रायोजनका लागि उपयोग बिजुलीको महशुलमा राहत दिनेगरी नयाँ महशुल निर्धारण गरेको छ।

    यही असारदेखि लागू हुने नयाँ महशुल दररेटमा घरायासी प्रयोगका लागि सिंगल फेज, थ्री फेज तल्लो र माथिल्लो भोल्टेजका लागि फरक दररेट निर्धारण गरेको छ।

    सिंगल फेजको तल्लव भोल्टेज(२३० भोल्ट)को बिजुली प्रयोग गर्ने घरायासी उपभोक्ताले महिनामा १० किलोवाट घण्टासम्म बिजुली खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँमात्र तिरेपुग्छ। तर यही फेजमा १५ एम्पिएरकमा भने न्यूनतम शुल्क ५० रुपैयाँ र प्रतिकिलोवाट घण्टाको शुल्क ४ रुपैयाँ लाग्ने छ। ३० एम्पिएर मा ७५ रुपैयाँ शुल्क र ५ रुपैयाँ प्रतिकिलोवाट शुल्क लाग्ने छ। ६० एम्पिएरमा १२५ रुपैयाँ शुल्क र प्ततिकिलोवाट घण्टाको ६ रुपैयाँ शुल्क तिर्नुपर्ने छ।

    सिंगल फेजबाट बिजुली लिनेहरुले ४ सय किलोवाट घण्टा भन्दा बढी खपत गर्दा अधिकतम महिनामा २७५ रुपैयाँ शुल्क र प्रतिकिलोवाट घण्टा १२ रुपैयाँ तिर्नुपर्ने छ।

    बिजुलीको उपभोग शुल्क निर्धारण गर्दा शुरुमा १ देखि १० युनिटसम्म, त्यसपछि प्रत्येक क्यापअनुसारको युनिटमा मूल्य निर्धारण गर्दै जोड्दै जानुपर्ने छ। उदाहरणका लागि सिंगल फेजको लाइनबाट बिजुली लिएर महिनामा चार सय युनिटभन्दा धेरै खपत गर्ने ग्राहकका लागि न्यूनतम शुल्क १७५ रुपैयाँ शुरुमा बिलमा जोडिन्छ।

    १-२० युनिट: प्रति युनिट ३ रुपैयाँ = ६० रुपैयाँ
    २१-३० युनिट: प्रति युनिट ६.५० रुपैयाँ= ५८.५ रुपैयाँ
    ३१-५० युनिट: प्रति युनिट ८ रुपैयाँ= १५२ रुपैयाँ
    ५१-१५० युनिट: प्रति युनिट ९.५० रुपैयाँ = ९४०.५ रुपैयाँ
    १५१-२५० युनिट: प्रति युनिट १० रुपैयाँ=९९० रुपैयाँ
    २५१-४००युनिट: प्रति युनिट ११ रुपैयाँ=१६३९ रुपैयाँ

    यस्तै आयोगले औद्योगिक क्षेत्रका लागि डेटिकेटेड र ट्रंक लाइन भन्ने भिन्न भिन्न शुल्क खारेज गरिदिएको छ। यसअघि देशमा लोडसेडिङ हुँदा उद्योगलाई अतिरिक्त शुल्क लिएर बिजुली दिंदै आइएको थियो। पछिल्लो समय लोडसेडिङ हटेपनि शुल्क कायमै रहेको भन्दै उद्योगीहरुले सरकारको आलोचना गर्दै आएका थिए।

    https://drive.google.com/file/d/14X10lLKuYmSCJSgTAAET2TWXGmmlfSe_/view?usp=sharing

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ