बिहीबार , असोज ३ गते २०८१

एकै दिन ३८० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६ हजार पाँच सय ९१ पुग्यो

एकै दिन ३८० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६ हजार पाँच सय ९१ पुग्यो

अखबार दैनिक
मंगलबार, असार २ २०७७
  • एकै दिन ३८० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६ हजार पाँच सय ९१ पुग्यो

    २ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    images

    यससँगै कुल संक्रमितको संख्या ६५ सय ९१ पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने ११ सय ९८ जना डिस्चार्ज भएका छन् ।

    मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन् । यस्तै, दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै, अर्घाखाँची र बर्दियाका ९/९ जना, दैलेखका ५, रुपन्देही स्याङ्जा र सुर्खेतका ४/४ जना, नवलपुर, कास्की, सप्तरीका ३–३ जना, सुनसरी, सिराहा, पर्सा, तनहुँका २/२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार अहिले देशभरका क्वारेन्टिनमा एक लाख ३७ हजार १४९ जना छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ