बिहीबार , असोज ३ गते २०८१

आज देशभर भारी बर्षा हुने सम्भावना कतै पहिरो समेत जनसक्ने भएकोले सतर्क रहन आग्रह

आज देशभर भारी बर्षा हुने सम्भावना कतै पहिरो समेत जनसक्ने भएकोले सतर्क रहन आग्रह

अखबार दैनिक
मंगलबार, असार २ २०७७
  • आज देशभर भारी बर्षा हुने सम्भावना कतै पहिरो समेत जनसक्ने भएकोले  सतर्क रहन आग्रह

    २, असार, काठमाडौं । आज मंगलबार मुलुकका धेरै ठाउँमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    images

    शाखाशाले प्रदेश ५ को गुल्मीदेखि पूर्व अधिकांश स्थानमा सोमबार रातिदेखि नै वर्षा भइरहेको जनाउँदै दिउँसो भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आज गुल्मीदेखि पूर्वका सबैजसो क्षेत्रमा वर्षा तथा ५ नम्बरदेखि पूर्व सबै प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनेछ । यी क्षेत्रमा बाढी आउने, पहिरो जाने, यातायात अवरुद्ध हुने खतरा छ, सतर्कता अपनाउन आवश्यक छ ।’

    महाशाखाले भनेको छ प्रदेश नं ५ को गुल्मी देखि पूर्वका अधिकांश भूभागमा पूर्ण बदली भई वर्षा भईरहेको छ । आज भारी वर्षाको समेत संभावना रहेकोले सतर्क रहनुहोस् ।

    काठमाडौं उपत्यकामा पनि गए रातिदेखि नै वर्षा भइरहेको छ । आज दिउँसो यहाँ पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्को अनुमान छ ।

    महाशाखाले मंगलबार बिहानै ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसमेत जारी गरेको छ । जसमा भनिएको छ, देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ, जसका कारण ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

    प्रदेश २ र १ को तराईको अधिकांश भूभागमा वर्षा भईरहेको महाशाखाले जनाएको छ । कन्काई, कमला, बागमती नदीमा केहि बढ्दो छ,तर सतर्कता तह भन्दा तलै हुने पनि जनाइएको छ ।

    प्रदेश १ र २ को चुरे र तराई भई बहने ससाना खहरे खोलामा बहाव बढ्ने, केहीमा आकस्मिक बहाव पनि हुन सक्छ, साना नदीतटिय क्षेत्रमा सतर्कता अपनाईराखौ, महाशाखाले भनेको छ ।

    बाढी पूर्वानुमान शाखाले पनि बिहानै  सूचना जारी गरी बाढीको खतरा रहेको जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ