बिहीबार , असोज ३ गते २०८१

लकडाउनमा माइत आएकी दिर्पा न्यास्रो लागेको भन्दै छोरा बोलाईन, पहिरोमा छोरा संगै सधैका लागि अस्ताइन

लकडाउनमा माइत आएकी दिर्पा न्यास्रो लागेको भन्दै छोरा बोलाईन, पहिरोमा छोरा संगै सधैका लागि अस्ताइन

अखबार दैनिक
सोमबार, असार १ २०७७
  • लकडाउनमा माइत आएकी दिर्पा न्यास्रो लागेको भन्दै छोरा बोलाईन, पहिरोमा छोरा संगै सधैका लागि अस्ताइन

    पर्वत, १ असार । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङबासीका लागि शनिबारको रातमा परेको मुसलधारे बर्षा काल बनेर आयो । गाउँमाथि जंगलबाट आएको पहिरोले तुलबहादुर थापा र कमला बिकको घर मात्रै बगाएन दुई परिवारका ८ जनाको मृत्यु नै भयो भने एक जना पहिरोमै हराइरहेका छन । दुर्लुङमा शनिबार साँझदेखि मुसलधारे पानी पर्न थालेको थियो । पानीसँग सवा आठ बजेतिर दुर्लुङकोटको पाखोबाट खसेको पहिरोले तुलबहादुर र कमलाको घर बगाए लग्यो । उनीहरूसँगै जोडिएको भुवन गिरीको घरको आधा भाग पनि पहिरोले लगेको छ ।

    images

    पहिरोमा परी ६२ वर्षीय तुलबहादुर थापा, उनकी ५८ वर्षीया पत्नी मीनकुमारी, ३४ वर्षीया छोरी दिर्पा थापा, नातिहरू १५ वर्षीय विवेक र १४ वर्षीय सम्राट तथा ११ वर्षीया नातिनी विदिशाको मृत्यु भएको छ । तुलबहादुरकै छिमेकी कमला विक र उनकी आठ वर्षीया छोरी जेनिशाले पनि ज्यान गुमाएका छन् । कमलाका १२ वर्षीय छोरा जेनिश बेपत्ता छन् । उनका श्रीमान् विकास विक वैदेशिक रोजगारीका क्रममा साउदीमा छन् ।

    तुलबहादुरकी छोरी दिर्पा लकडाउनका कारण छोरो विवेकको एसइई परीक्षा अनिश्चित भएपछि माइतीमा बस्न आएका थिइन् । बाग्लुङको जैमिनी नगरपालिका पैञ्यु थन्थाप घर भएकी उनी छोरालाई पढाउन कुश्मा बजारमा डेरा गरी बस्थिन् । सुरुमा उनले छोरालाई घर पठाएर आफू माइत आएकी थिइन् । एक हप्ताअघि मात्रै न्यास्रो लागेको भन्दै सवारी पास बनाएर उनले छोरालाई पनि मामाघर बोलाएकी थिइन् ।

    उनीहरूसँगै ज्यान गुमाएका सम्राट र विदिशा तुलबहादुरको छोरापट्टीका नाति–नतिना हुन् । तुलबहादुरका छोरा अम्मर र बुहारी रिमाया करिब पाँच सय मिटर टाढा बनाएको नयाँ घरमा बस्थे । त्यहीं उनीहरूले सामान्य किराना पसल र होटेल व्यवसाय पनि गर्छन् ।

    उनीहरूका छोराछोरी सम्राट र विदिशा दिनभरि आमाबुबासँगै रहे पनि सुत्न भने हरेक दिन हजुरबुबा–हजुरआमासँगै जान्थे । ‘हजुरबुबा र हजुरआमाले धेरै माया गर्ने भएकाले केटाकेटीहरू सुत्न सधैँ पुरानै घर आउने गरेका थिए । लाउँलाउँ र खाउँखाउँ उमेरका दुई छोराछोरीको मृत्यु देख्नुपर्‍यो अभागी बाबुआमाले,’ तुलबहादुरका छिमेकी सूर्यबाबु गिरीले भने ।नयाँपत्रिका दैनिकबाट

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ