बिहीबार , असोज ३ गते २०८१

दुर्लुङ पहिरो : प्रदेश सरकार घटना स्थलमा,पहिरो पिडितलाई गण्डकी प्रदेश सरकारद्धारा राहत सहयोग

दुर्लुङ पहिरो : प्रदेश सरकार घटना स्थलमा,पहिरो पिडितलाई गण्डकी प्रदेश सरकारद्धारा राहत सहयोग

अखबार दैनिक
सोमबार, असार १ २०७७
  • दुर्लुङ पहिरो : प्रदेश सरकार घटना स्थलमा,पहिरो पिडितलाई गण्डकी प्रदेश सरकारद्धारा राहत सहयोग

     

    images

    गण्डकी प्रदेश का आन्तरिक मामिला तथा कानुन मन्त्री हरि ब.चुमान र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा अविरल वर्षासँगै शनिबार राती गएको पहिरोको स्थलगत अवलोकन गर्नुभएको छ। पहिरोमा परि आठ जनाको निधन भएको छ भने एक जना अझै बेपत्ता छन्।उहाँहरुले दुखद घटनामा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन तथा छिमेकीवासीमा समवेदन प्रकट गर्नुभयो । 
    मन्त्री चुमान र लम्सालले मृतक र पहिरो पिडीत परिवारका लागि राहत र उद्दार गरि बसोबासका लागि ब्यबस्थापन मिलाइने आश्वासन दिनुभयो । घटनास्थलमा पुग्नुभएका उहाँहरुले पहिले बेपत्ताको खोजी गर्ने र त्यसपछि राहत र बसोबासको ब्यबस्थापन मिलाउने बताउनुभयो । पहिरोमा परि बेपत्ता भएकाको तुरुन्त उद्दारका लागि रातीदेखि खटिरहनुभएका पर्वत जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँहरुले
    पिडित परिवारलाई प्रदेस सरकारको तर्फ वाट प्रति व्यक्ति ५० हजारका दरले तत्काल राहत रकम वितिरण गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ