बिहीबार , असोज ३ गते २०८१

शाेकमा डुब्याे दुर्लुङ गाउँ ,२४ घर पहिराेकाे उच्च जाेखिममा

शाेकमा डुब्याे दुर्लुङ गाउँ ,२४ घर पहिराेकाे उच्च जाेखिममा

अखबार दैनिक
सोमबार, असार १ २०७७
  • शाेकमा डुब्याे दुर्लुङ गाउँ ,२४ घर पहिराेकाे उच्च जाेखिममा

     पाेखरा

    images

    दिनभर खुलेको मौसम । पसिना चुहाउने गर्मि । निम्न धरातलीत क्षेत्रमा टन्टलापुर घाम । पर्वतको उच्च पहाडी क्षेत्रमा पर्छ दुर्लुङ । गर्मि मौसममा पनि चिसोपनको आभाष भैरहने । जेठको ३१ गतेको दिन । दिउँसो देखिका गर्मिमा थकान मार्दै गर्दा साँझको समय मौसम बद्लियो । आकाशमा मेघहरु देखिए । सूर्यास्त भयो । यत्तिकैमा बर्षात हुन थाल्यो । मेघ गर्जन सहितको बर्षात साँझ ७ बजे देखि शुरु भयो । मेलापात जानेहरु पनि घर फर्केका थिए । अन्य काममा ब्यस्त हुनेहरु पनि घरमा थिए । बेलुकाको खाना खाएर थकान शरीरलाई विश्राम गर्ने बेलामा । मुसलधारे पानी परीरह्यो । दुुर्लुङ कुश्मा नगरपालिका वडा न ३ मा पर्दछ । वडा न ३ भरीका सवै बस्तीमा पानी परेको थिएन् । वडाको पूर्वी भेग र उत्तरी भेगमा ठूलो बर्षात भयो । बर्षातसंगै मेघ गर्जन भईरहेको थियो । छिपिदै थियो। मानिसहरु बर्षातको आवाजसंगै निदाए । केहि मानिसहरु ठूलो बर्षात भएका कारण केहि सर्तक रहे । दुर्लुङको उत्तरी क्षेत्रमा तिव्र गतिमा बर्षात भइरह्यो । बर्षातसंगैको मेघ गर्जनले मुटु कमाइरहेको थियो, केहि बेरमा गड्गडाहट आवाज आयो, वस्तीमा पहिरो खस्यो । केहि घरहरुका भित्तामा माटोका ढिस्काहरुले धक्का मारे । घरको आगनबाट भेल चल्यो, खोल्साखोल्सीहरुमा पानीको वेग उच्च भयो । यो वितण्डा सहीरहेका वस्तीका छिमेकी वस्तीहरुमा भने बर्षात नै भएको थिएन । उत्तरी वेगले अरु बस्ती र छिमेकी वडाहरुमा भने सितलता प्रदान गरीरहेको थियो । रातको करिब ८ बजे एकाएक पहिरो झर्यो । वरीपरीका घरहरुले थाहा पाउँदा पाउँदै २ घर पहिरोले पुरै पुरयो । अर्को एउटा घरमा छति भयो । मानिसहरुमा भागदौड र कोलाहल मञ्चियो । क्षति पुगेको घरबाट दुई जनालाई स्थानीयले तत्कालै उद्धार गरे । घर भत्किदा पनि उद्धार पाएर बाँचेकाहरु हुन । भुवन गिरी र अर्जुन गिरी । उनीहरु बसीरहेको घरमा पहिरोका कारण क्षति पुग्यो । सकसपूर्ण तरिकाले उनीहरु पहिरोबाट फुत्किए । उता, तुलबहादुर थापा र कमला विकको घर पहिरोले पुरयो । तुलबहादुर थापाको घरमा उनकी श्रीमति मिनकुमारी थापासंगै माइत बस्न आएकी छोरी ३४ बर्षकी दिर्पा थापा र दिर्पाको छोरा १७ बर्षको विवेक थापा घरमै थिए । तुलबहादुरको घरमा उनको छोरा तर्फका नाति १५ बर्षका सम्राट थापा, र नातिनी ११ बर्षकी विबिसा थापा पनि घरमै थिए । तुलबहादुरका छोराबुहारी भने पसलमा थिए । पहिरो गएको रातमा तुलबहादुरको घरमा उनी सहित ६ जनाको परिवार थियो । विवेक थापा एसइईको परिक्षा दिने तयारीमा थिए । कमला विकको घरमा भने कमलाका छोरा १४ बर्षको जेनिस विक र ८ बर्षकी प्रमिशा विक घरमा थिए । कमलाका श्रीमान विदेशमा रोजगारीका लागि गएका छन् । पहिरोमा दुवै परिवार रातको ९ बजे नै बेपत्ता भए । घरको अस्तित्व नै नरहने गरी झण्डै ५ सय मिटर भन्दा बढि लामो क्षेत्रफल बनाउँदै पहिरोले फराकिलो आकार लियो । पहिरो आयो भन्ने खबर सदरमुकाममा केहि मिनेटमै फैलियो । उद्धारका लागि स्थानीयहरु पनि घर बाहिर निस्के, सदरमुकामबाट थप जनशक्ति गयो । रातको ११ बजे दुई जनाको शव फेला परयो । तुलबहादुर र उनकी श्रीमती मिनकुमारीको शव फेला परयो । रातको ११.३० बजे तेस्रो शव भेटियो । त्यो शव तुलबहादुरकी नातिनी विविसा थापाको थियो । अहिलेसम्म तुलबहादुरको घरमा बसेका र पहिरोले पुरिएका सवैको शव फेला परेको छ । उता, कमला विकको परिवारको शव भोलिपल्ट भेटियो । कमला र उनकी छोरी प्रमिशाको शव पनि भेटियो । योसंगै कुल ८ जनाको शव फेला परेको छ । कमलाको छोरा जेनिस भने अझै वेपत्ता छन् । ८ जनाको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ । सोमबार उनीहरुको सामूहिक दाहसंस्कार हुँदैछ । योसंगै दुर्लुङबासी यतिबेला शोकमा डुबेका छन् । एउटै घरका ६ जना परिवार गुमेका छन् । अर्को घरका २ जनाको मृत्यु भएको छ । एक जना अझै वेपत्ता छन् । नसोचेको यो दुःखत कथा कसैलाई पनि दोहोराएर सुन्न मन छैन् । अव केबल पापी आकाश गाली गर्नुको विकल्प छैन् । बाँडिएर बर्षात भएन् । एकै ठाउँमा बर्षात भयो । बर्षातको आकार ठूलो भयो, त्यसले क्षति पुरायो । गाउँलेको ठम्माइ त्यहि छ । यहाँका २४ घर पहिराेकाे उच्च जाेखिममा रहेकाे ईञ्जिनिएरकाे भनाइ छ । शहरी विकास तथा भवन निर्माण विभाग पाेखराले यस पहिराे अासपास क्षेत्रकाे अध्ययन गरेको छ । पर्वत जिल्लामा यति धेरै संख्यामा पहिरोका कारण मानिसको मृत्यु भएको यो सम्भवतः पहिलो घटना हो । पहिरोमा पुरिएका १ जनाको खोजी कार्य जारि छ । मंगलबार पनि खोजी कार्य जारी रहनेछ । पहिरोले निम्ताएको दुःखत जीवनको अन्त्य कहानीले धेरै आँखा अहिले रसाएको छ । मन टोलाएको छ । भाव विह्ल बनाएको छ ।

    राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश तिमिल्सिना, गण्डकी प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान,माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, ,माननीय सांसद पदम गिरी,लगायतले घटनास्थलको निरिक्षण गरि पिडित परिवार तथा स्थानियवासीहरु लाई सान्त्वना दिनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ