बिहीबार , असोज ३ गते २०८१

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना,मन्त्री द्धय चुमान,लम्साल र सांसद गिरि पहिरो पिडित संग

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना,मन्त्री द्धय चुमान,लम्साल र सांसद गिरि पहिरो पिडित संग

अखबार दैनिक
आइतबार, जेठ ३२ २०७७
  • राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना,मन्त्री द्धय चुमान,लम्साल र सांसद गिरि पहिरो पिडित संग

    राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा अविरल वर्षासँगै शनिबार राती गएको पहिरोको स्थलगत अवलोकन गर्नुभएको छ। पहिरोमा परि आठ जनाको निधन भएको छ भने एक जना अझै बेपत्ता छन्।अध्यक्ष तिमिल्सिनाले घटनास्थतलको अवलोकन गर्नुका साथै मृतक परिवार तथा प्रभावित स्थानीयलाई भेटेर सान्तवना व्यक्त गर्नुभएको थियो।

    images

    सो क्रममा अध्यक्ष तिमिल्सिनाले बेपत्ताको शिघ्र उद्दार, पीडितलाई राहत, पुनर्स्थापन तथा पहिरोबाट जोखिममा परेको वरपरको बस्तीको स्थानान्तरणमा तथा संरक्षणमा तदारुकताका साथ काम गर्न तीन तहका सरकारलाई आग्रह गर्नुभयो।अध्यक्ष तिमिल्सिनाले पहिरोमा परि बेपत्ता भएकाको तुरुन्त उद्दारका लागि रातीदेखि खटिरहनुभएका पर्वत जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयप्रति धन्यवाद व्यक्त गर्नुभयो।

    गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि ब.चुमान,उद्योग,पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्साल,पर्वतका प्रतिनिधसभा सदस्य पदम गिरी, लगायतले घटनास्थलको अवलोकन गर्नुका साथै मृतकका परिवार र जोखिममा रहेका स्थानीयलाई आफूहरुको यस दुखमा साथ रहने बताउनुभएको थियो।
    पिडित परिवारलाई संघिय सरकार वाट प्रति व्यक्ति १ लाख र प्रदेस सरकार वाट प्रति व्यक्ति ५० हजार गरि प्रति व्यक्ति १ लाख ५० हजार दरले तत्काल राहत वितरण गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ