बिहीबार , असोज ३ गते २०८१

पर्वतको दुर्लुङ पहिरो- ५ जनाको शब फेला , ४ जना अझै बेपत्ता

पर्वतको दुर्लुङ पहिरो- ५ जनाको शब फेला , ४ जना अझै बेपत्ता

अखबार दैनिक
आइतबार, जेठ ३२ २०७७
  • पर्वतको दुर्लुङ पहिरो- ५ जनाको शब फेला , ४ जना अझै बेपत्ता

    पर्वत, जेष्ठ ३२ पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राती परेको भीषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शब फेला परेको छ । पहिरोले पुरिएका दिपा थापा र कमला विकको शब भेटिएको हो ।
    पहिरोमा परि हराईरहेका थप चार जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । यस अघि शनिवार साँझै पहिरोमा पुरिएका ५८ बर्षिय तुलबहादुर थापा, उहाँकी श्रीमती मीन कुमारी थापा र नातिनि विविशा थापाको शब फेला परेको थियो । पहिरोमा पुरिएर बेपत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक रहेका छन् ।
    उनीहरुको जारी रहेको जिल्ल प्रहरी कार्यालय पर्वतले जनाएको को छ । घटना घटेको लगत्तै नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय उद्दारमा खटिएका थिए ।

    images

    स्थानीयबासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीले जानकारी दिनुभयो । अन्यको खोजी कार्य भैरहेको प्रहरी निरीक्षक सुबेदीले जानकारी दिनुभयो ।
    राती २ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मि फर्किएको थियो । अहिले विहानवाट पुनः उद्धार कार्य शुरु भएको कुस्मा नगरपालिका वडा न ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले बताउनुभयो ।
    शनिवार साँझ ६ बजे देखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो ।
    पहिरोले उनिहरुका घरमा रहेका अन्य पशूचौपाया समेत मरेका छन् । स्थानीयका अनुसार झण्डै तीन सय मिटर भन्दा माथिवाट पहिरो आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ