बिहीबार , असोज ३ गते २०८१

मनसुन नेपाल भित्रियो १ हप्तामा पुरै फैलने

मनसुन नेपाल भित्रियो १ हप्तामा पुरै फैलने

अखबार दैनिक
आइतबार, जेठ ३२ २०७७
  • मनसुन नेपाल भित्रियो १ हप्तामा पुरै फैलने

    ३२ जेठ, काठमाडौं । नेपालमा मनसुन भित्रिएको छ । सामान्यतयाः १० जुन मा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्दछ । तर यस वर्ष दुई दिन ढिलो अर्थात् १२ जुनदेखि मनसुन नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images

    यससँगै पानी पर्ने क्रम बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न विभागले सबैलाई अनुरोध गरेको छ ।

    गत वर्ष नेपालमा १० दिन ढिलो अर्थात् ५ असार (२० जुन) मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेको २३ सेप्टेम्बर हो ।

    १२ जुनमा पूर्वी नेपालबाट भित्रिएको मनसुन विस्तारै देशभर फैलिँदै जाने छ । मौसमविद समिर श्रेष्ठले  भने, ‘अहिले मनसुन पूर्वी भागमा छ । पूर्वबाट पश्चिम सर्ने क्रममा छ । सामान्यता ५ देखि ७ दिनभित्र मनसुन देशभर फैलिन्छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ