बिहीबार , असोज ३ गते २०८१

प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भयो नयाँ नक्सा समेटिएको निशान छाप

प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भयो नयाँ नक्सा समेटिएको निशान छाप

अखबार दैनिक
शनिबार, जेठ ३१ २०७७
  • प्रतिनिधिसभाबाट सर्वसम्मतिले  पारित भयो नयाँ नक्सा समेटिएको निशान छाप

    ३१ जेठ, काठमाडौं । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मतिले पास गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो ।

    images

    बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका छन् । यससँगै संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

    सरकारले वास्तविक भूमि अनुसारको नेपालको नक्सा निशान छापमा समेट्न संविधान संशोधन विधेयक ल्याएको थियो।

    अब राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट लागू भएसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ