बुधबार, चैत ६ गते २०८१

मोदीलाई ट्रम्पको ‘टिट फर ट्याट ट्यारिफ’ स्वागत, निराश हुँदै फर्किए मोदी !

मोदीलाई ट्रम्पको ‘टिट फर ट्याट ट्यारिफ’ स्वागत, निराश हुँदै फर्किए मोदी !

अखबार दैनिक
शुक्रबार, फागुन २ २०८१
  • मोदीलाई ट्रम्पको ‘टिट फर ट्याट ट्यारिफ’ स्वागत, निराश हुँदै फर्किए मोदी !

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नुभन्दा २ घण्टा अगाडि भारतसहित सबै देशहरूमा पारस्परिक कर लगाउने घोषणा गरेका छन्। पारस्परिक ट्यारिफ भन्नाले कुनै देशले अमेरिकी सामानमा जुनसुकै ट्यारिफ लगाए पनि अमेरिकाले त्यो देशको सामानमा पनि त्यही ट्यारिफ लगाउने छ भन्ने बुझिन्छ।

    images

    रोयटर्सको रिपोर्ट अनुसार उनले बिहीबार राति यससँग सम्बन्धित नयाँ ट्यारिफ नीतिमा हस्ताक्षर गरे। यद्यपि, उनले अरू देशहरूले अमेरिकामा जुनसुकै कर लगाए पनि अमेरिकाले पनि उनीहरूमाथि त्यही शुल्क लगाउने बताए।

    पत्रकार सम्मेलनमा ट्रम्पले भारतले धेरै उच्च शुल्क लगाएको आरोप लगाएका छन्। ‘मलाई याद छ जब हार्ले डेभिडसनले भारतमा आफ्ना मोटरसाइकलहरू बेच्न सकेन किनभने करहरू धेरै उच्च थिए, शुल्कहरू धेरै उच्च थिए र हार्ले उत्पादन बन्द गर्न बाध्य भएको थियो, ‘ट्रम्पले भने, ‘मलाई लाग्छ कि भन्सार शुल्कबाट बच्न उनीहरूले भारतमा कारखाना स्थापना गर्नुपर्‍यो। हामी पनि त्यसै गर्न सक्छौं। उनीहरूले शुल्कबाट बच्न यहाँ कारखाना वा प्लान्ट स्थापना गर्न सक्छन्।’

    ट्रम्पले किन पारस्परिक कर लगाए ?
    ट्रम्पले केह दिनअघि मिडियालाई भनेका थिए, ‘अब पारस्परिक (tit for tat) को समय आएको छ। अब तपाईंले ‘पारस्परिकू शब्द निरन्तर सुन्नु हुनेछ। यदि अन्य देशहरूले थप भन्सार शुल्क लगाए भने हामी पनि उनीहरूमाथि थप भन्सार शुल्क लगाउनेछौं।’

    अन्य देशहरूले अमेरिकाभन्दा धेरै उच्च कर लगाएर अमेरिकालाई धोका दिइरहेको ट्रम्पको दाबी छ। अन्य देशहरू जस्तै आयात कर लगाउनाले निष्पक्ष व्यापार सुनिश्चित हुने र अमेरिकी सरकारको राजस्व बढ्ने उनले बताए।

    यसबारे ह्वाइट हाउसले अन्य देशहरूले अमेरिकालाई लुटिरहेको बताएको थियो। त्यसैले राष्ट्रपति विश्वास गर्छन्, ‘यो एक उत्कृष्ट नीति हुने छ जसले अमेरिकी कामदारहरूलाई फाइदा पुर्‍याउने छ र हाम्रो राष्ट्रिय सुरक्षामा सुधार गर्ने छ।’

    त्यो भन्दा पहिले उनले कसैसँग कुरा गरेका थिएनन्। उनले पारस्परिक कर लगाइरहँदा मोदी अमेरिकामा नै थिए। मोदी फेब्रुअरी १३ मा बिहान ४ः३० बजे दुई दिने भ्रमणमा अमेरिका पुगेका थिए।

    भारतमा कस्तो प्रभाव पर्ला ?
    यदि अमेरिकाले भारतमाथि कर बढायो भने यसले घाटा निम्त्याउनेछ। भारतले अमेरिकासँगको आफ्नो वैदेशिक व्यापारको १७ प्रतिशतभन्दा बढी गर्छ। अमेरिका भारतको कृषि उत्पादन जस्तै फलफूल र तरकारीको सबैभन्दा ठूलो खरिदकर्ता हो।

    अमेरिकाले २०२४ मा भारतबाट १ करोड ८० लाख टन चामल आयात गरेको छ। यदि अमेरिकाले भारतमा कर लगायो भने भारतीय उत्पादनहरू अमेरिकी बजारमा उच्च मूल्यमा बेच्न थाल्ने छन्। यसले अमेरिकी जनतामाझ उनीहरूको माग घटाउने छ। एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ