बुधबार, फागुन ७ गते २०८१

एकीकृत समाजबादी परित्याग गरेका चितवनका दुई नेताले पाए माओवादीको केन्द्रीय जिम्मेवारी

एकीकृत समाजबादी परित्याग गरेका चितवनका दुई नेताले पाए माओवादीको केन्द्रीय जिम्मेवारी

अखबार दैनिक
सोमबार, माघ २८ २०८१
  • एकीकृत समाजबादी परित्याग गरेका चितवनका दुई नेताले पाए माओवादीको केन्द्रीय जिम्मेवारी

    एकीकृत समाजबादी परित्याग गरेर केही दिनअघि मात्र माओवादी प्रवेश गरेका चितवनका दुई नेताले केन्द्रीय जिम्मेवारी पाएका छन । पार्टी एकता प्रक्रियाबाट माओवादीमा जोडिएका कृष्णराज न्यौपाने ‘लब्ली’ र अरुण पीडित भण्डारीलाई माओवादीले जिम्मेवारी प्रदान गरेको हो । न्यौपाने वैकल्पिक केन्द्रीय सदस्य बनेका छन भने भण्डारीलाई केन्द्रीय आयोगमा जिम्मेवारी दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ । यस्तै केही बर्ष अघि राप्रपाबाट माओवादी प्रवेश गरेका बद्री तिमिल्सिनाले पनि वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन ।

    images

    नेकपा माओवादी केन्द्रले तीन जना प्रदेशस्तरीय नेतालाई पदमुक्त गरेको छ । गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल र दलमायाँ रोका निष्क्रिय रहेको भन्दै पार्टीले पदमुक्त गरेको हो । यसैगरी अर्का नेता केशव कुँवर बैदेशिक रोजगारीमा गएसँगै उनलाई पनि पदमुक्त गरिएको माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा उल्लेख छ ।

    यसैगरी गण्डकी प्रदेशअन्तर्गतकै रेशमबहादुर जुग्जाली मगर (म्याग्दी), धनबहादुर बिक (बाग्लुङ) र मदन आले (तनहुँ)लाई वैकल्पिक केन्द्रीय सदस्यको रूपमा मनोनयन गरिएको छ । यसैगरी पार्टी एकता प्रक्रियाबाट माओवादीमा जोडिएका खगेन्द्र छन्त्याल (बाग्लुङ)लाई पनि वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । यस्तै वीरेन्द्र बस्नेत झापा)लाई पनि वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ । यसैगरी केन्द्रीय समिति सदस्य रामलाल बिक पेसामा रहेकाले उक्त रिक्त स्थानमा केन्द्रीय सल्लाहकार छिरिङ डण्डुल लामा (हुम्ला)लाई मनोनयन गरिएको छ । प्रवास कार्यालयमा कार्यरत टिबी पाठकलाई पार्टी केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको छ भने पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश कार्यालयको सिफारिसअनुसार प्रदेश समितिमा १७ जना र बेलायतमा पार्टी एकतामा जोडिएका क्षेत्रकला राई र नरहाङ राईलाई प्रवास प्रदेश समितिमा मनोनयन गरिएको माओवादीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ