शुक्रबार, असोज ४ गते २०८१

जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव

जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव

अखबार दैनिक
शुक्रबार, जेठ २३ २०७७
  • जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव

    २३ जेठ, काठमाडौं । कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) का १०० भन्दा कम भाईरस  केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

    images

    समितिले अब चरणवद्धरुपमा लकडाउन खुकुलो बनाउने गरी योजना बनाएको छ, जसमा १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरुमा जेठ २५ बाट जिल्ला नकट्ने र सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

    यसै गरी असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुबाहक सवारी साधन र आधा यात्रुहरु मात्र चढाउने गरी अन्तरिक हवाइ सेवासमेत सञ्चालन गर्ने गरी प्रस्ताव उच्चस्तरीय समितिले तयार पारेको छ ।

    यो प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गरेपछी मात्र लागु हुनेछ भने १०० भन्दा बढि कोरोना भाईरसको केश दिखिएका जील्लाहरूमा भने यो निरण्य लागु हुनेछैन 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ