बिहीबार , असोज ३ गते २०८१

तरकारी,फलफूल ढुवानी तथा वितरणमा कसैले अवरोध पुर्‍याए तत्काल कारबाही गर्न गृहको निर्देशन

तरकारी,फलफूल ढुवानी तथा वितरणमा कसैले अवरोध पुर्‍याए तत्काल कारबाही गर्न गृहको निर्देशन

अखबार दैनिक
बिहीबार , जेठ २२ २०७७
  • तरकारी,फलफूल ढुवानी तथा वितरणमा कसैले अवरोध पुर्‍याए तत्काल कारबाही गर्न गृहको निर्देशन

    २२ जेठ, काठमाण्डौं । गृह मन्त्रालयले तरकारी, फलफूल लगायतका वस्तु उत्पादन, संकलन, ढुवानी तथा विक्री वितरणमा सहि कतै कसैले अवरोध पुर्‍याएमा त्यसलाई तुरन्त कार्यवाही  गर्ने चेतावनी दिएको छ ।

    images

    बिहीबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता काममा अवरोध पुर्‍याउनेलाई कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको हो।

    'नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई तरकारी, फलफूल लगायतका वस्तुहरूको उत्पादन, संकलन, ढुवानी र विक्री- वितरण सहजीकरण भइरहेको हुँदा यस कार्यमा अवरोध सिर्जना गर्नु कानुनविपरीत हुने र,'विज्ञप्तिमा भनिएको छ,'यस्ता कार्य गर्ने जो कोही पनि दण्ड सजायको भागीदार हुनुपर्नेछ।'

    8D6FF5CF-72FC-4682-AF5A-258C4CD7C1DC.jpeg

    संक्रामक रोग ऐन, २०२०को दफा २ बमोजिम गत चैत ११ गते नेपाल सरकारले तरकारीलाई अतिआवश्यक खाद्यवस्तुको रूपमा लिइ निर्वाध रूपमा ढुवानी गर्न व्यवस्था मिलाएको थियो। 

    त्यसको बावजुद् पनि गत आइतबार कोरोना संक्रमित जिल्ला कपिलवस्तुको बुद्धभूमिबाट विक्रीको लागि लगिएको हरियो तरकारीलाई अर्घाखाँचीका प्रहरी टोलीले डम्पिङ साइटमा फ्याकेको थियो। त्यसैगरी गत वैशाखमा पोखरामा पनि किसानलाई दूध तरकारी बेच्न स्थानीयले अवरोध गरेका थिए।

    तर मन्त्रालयले भने आवश्यक वस्तुहरूको उत्पादन, संकलन, ढुवानी र विक्री वितरण गर्ने कार्यमा स्थानीय प्रशासनबाट अवरोध नभएको दाबी गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ